पोखरा । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन् ।
पोखरा महानगर- १३ आर्वास्थित मड्केल्नाको ओरालोमा सोमबार माइक्रोबस दुर्घटना भएको हो ।
आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रोबस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ ।
घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको माइक्रोबस मडकेल्नाको घुम्तीको ओरालो सडकको दायाँतर्फको भित्तामा ठोक्किएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
