कैलाली । डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई वडाध्यक्ष पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बिहीबार कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको थियो । सोही घटनामा निवेदन परेपछि नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपक कार्कीले जानकारी दिए ।
तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका उपमेयरदेखि वडाध्यक्ष तीनै जना माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-15
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
