काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार चाङ्लिमिथाङ रंगशालामा बंगलादेशले नेपालमाथि ३(० को जित निकालेको हो । पहिलो हाफमा २ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल गरेको थियो ।
यो जितपछि बंगलादेशको तीन खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ भने नेपालले भने ३ खेलमा दोस्रो हार बेहोरेको छ । नेपालले यसअघि भारतसँग ७–० को फराकिलो हार बेहोरेको थियो भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।
त्यस्तै बंगलादेशले भने भुटानलाई ३–१ ले पराजित गरेको थियो भने भारतसँग २–० को हार बेहोरेको थियो । अब नेपालले अर्को खेल अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
