रुपन्देही । नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९, बेलहिया बसपार्कस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानका आधारमा चितवनको कालिका नगरपालिका-५ निवासी ५० वर्षीय कँडेल पक्राउ परेका हुन् ।
भारतको कानपुरका यादवले कँडेलको योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलमार्क र भिसा स्टिकरजस्ता कागजात बनाउने गरेको रुपन्देही प्रहरीलाई बताएका छन् । अनुसन्धानबाट यादवले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र बिक्री गर्ने गरेको खुलेको छ ।
यादवको बयानका आधारमा रुपन्देही प्रहरीले चितवन प्रहरीको सहयोगमा कँडेललाई पक्राउ गरेको हो । कँडेल चितवनस्थित कलेज कोच नेपाल प्रालिका सञ्चालक र रास्वपाको बागमती प्रदेश प्रशिक्षक विभागका संयोजक रहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार कँडेलमाथि अनुसन्धान भइरहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
