काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् ।
भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै स्पष्ट गरिसकेको बताउदै यसका लागि युरोपेली देशहरूले अगाडि आउनुपर्ने बताएका हुन् ।
नेटो सैन्य कमाण्डरहरूले वाशिंगटनमा बैठकमा रूससँग शान्ति सम्झौता भएमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने बारेमा छलफल भएको थियो ।
वरिष्ठ युक्रेनी अधिकारी आन्द्रेई येर्माकले यदि रूसले युद्ध लम्ब्याउने प्रयास गर्छ भने कसरी प्रतिक्रिया दिने भन्ने बारेमा पनि उनीहरू काम गरिरहेको बताए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटमा ट्रम्पले युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताले युक्रेनलाई सुरक्षा ग्यारेन्टी गर्न मद्दत गर्ने बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
