काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को चुनाव नजिकिदै गर्दा अध्यक्षका प्रत्याशी कुल बहादुर गुरुङले आफ्नो समूहले जित्ने निश्चित भएको बताएका छन् । उनले आज बुधबार नेवार समुदाय तथा उपत्यकावासीहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा आफू व्यवस्थापक, कानुन, पर्वतीय पर्यटनको विद्यार्थी भएको र ३३ वर्षदेखि यही क्षेत्रमा लागेको बताउँदै गुरुङले आफ्नो समूहका सबै उम्मेदवारहरु समेत अनुभवी क्षमतावान, पेशाकर्मी, आरोही र समावेशी व्यवसायीहरु भएको जानकारी गराए । पर्वतीय पर्यटनसम्बन्धी विद्यावारिध गरेका गुरुङसँग यसअघि नै एनएमएको महासचिव भएर पर्यटन क्षेत्र र पर्यटकसँग नजिक रहेर काम गरिसकेको प्रयाप्त अनुभव छ ।

कार्यक्रममा उनले अहिले चुनावी दौरानमा रहेका बेला आफूबारे केही सामाजिक सञ्जालमा अनर्गल प्रचार प्रसार भएको भन्दै आपत्ति जनाएका थिए् । साथै, उनले त्यस्तो अनर्गल प्रचारप्रसार नगरिदिन समेत आग्रह गरेका थिए । कार्यक्रममा उनले एनएमएमा नेवारी समुदायको पनि ठुलो लगाव रहेको भन्दै प्रशंसा गरेका थिए । एनएमएको पोखराको इन्टरनेशनल माउन्टेन म्युजिएम, मनाङको हुम्दीमा ट्रेनिङ्ग स्कुल बनाउने लगायत काम गर्नुका साथसाथै नेवार समुदायले एनएमएलाई यहाँसम्म ल्याउनमा ठुलो भूमिका खेलेको भन्दै उनले उक्त समुदायको प्रशंसा गरेका थिए । हरि गोपाल प्रधान, डा.हरि श्रेष्ठ, विनय शाक्य, सिन्धु कार्की, राजेन्द्रमानलगायतको योगदानको प्रशंसा गर्दै गुरुङले आफू जातीयताको पछि नलागेको तर ५० वर्षसम्म अनवरत रुपमा पर्वतीय पर्यटनसँग जोडिएका नेवार समुदायको व्यक्तित्वको कदर गर्नुपर्ने बेला आएको बताएका थिए ।
उनले भने, ‘यो नेपाल पर्वतारोहण संघको इतिहासमा नेवारी समुदायले पनि पर्यटन क्षेत्रको नेतृत्व किन नगर्ने ?, भन्ने ठुलो प्रश्न उठेको छ । मलाई पढाउनु भएको गुरु डा.हरि श्रेष्ठको आर्शिवादका साथसाथै तपाईहरु सबैको आश, भरोसा, आर्शिवाद र सहयोग र समन्वयले आज म यहाँ उभिएको छु । तपाईहरुको आर्शिवादले हाम्रो टिमले जित्ने निश्चित छ ।’
‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान ! सशक्त संघ दिगो पर्वतीय पर्यटन !’, नारा लिएर चुनावी मैदानमा उत्रिएको गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा विमल कुमार नहर्की, सचिवमा ङिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा उम्मेदवार छन् । त्यस्तै, सदस्यहरु उम्मेदवारमा पुष्कर शाह, बल बहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदाश लामा, लाल बहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई र अशोक कुमार तामाङ रहेका छन् ।


















रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
