काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर भएको छ। यसको प्रभावले कोशी प्रदेशको पहाडी क्षेत्र, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा छ ।
हाल बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ ।
आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र बाँकी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
