काठमाण्डौ । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ । खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।
टप इन्ड टी–२० शृङ्खलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
यो शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप इण्ड टी–२० शृङ्खला र अभ्यास खेल खेल्न लागेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
