काठमाण्डौ । मनसुन विस्तारै कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका थोरै ठाउँबाहेक अन्य ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना छैन ।
काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही ठाउँ र तराईका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम कायमै छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
