एजेन्सी । फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन मंगलबार बिहान राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन् ।
मिर्गौला रोगसँग लडिरहेका पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ । घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् । पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसद निर्वाचित भएका थिए ।
उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए । जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए ।
गत जुन महिनाको अन्त्यतिर पेल्टोनेनले सामाजिक सञ्जालमा आफू ‘मिर्गौलाको समस्या’ र त्यसपछिको संक्रमणका कारण केही हप्तादेखि संसदीय कामबाट टाढा रहेको जानकारी दिएका थिए ।
उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए । उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको नभेटिएको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
