एजेन्सी। अमेरिकाले ६ हजार भन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी कानुन तोड्ने र तोकिएको समयभन्दा बढी बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरिएको हो ।
यीमध्ये धेरैजसो मुद्दा मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग सम्बन्धित रहेको अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । जसमा ६ हजारमध्ये ४ हजार भिसा कानुन तोडेको आरोपमा र २०० देखि ३०० भिसा ‘आईएनए ३९बी० अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दा’ मा रद्द गरिएको छ ।
यो कदमलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफल भनिएको छ । यो नीति अन्तर्गत विदेशी विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ । विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भनेर स्पष्ट गरेको छैन । ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध पनि कारबाही गर्दै उनीहरूलाई यहुदी–विरोधी व्यवहार गरेको आरोप लगाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-19
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
