काठमाडौँ । पाकिस्तानमा बाढीमा मृत्यु हुनेको संख्या ३५० नाघेको छ ।
पाकिस्तानी मिडिया जियो न्यूजका अनुसार सबैभन्दा धेरै मृत्यु खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ नदीको बाढी र घरहरू भत्किँदा ३२८ जनाको मृत्यु भएको छ ।
त्यस्तै गिलगित बाल्टिस्तान मा १२ जना र पाकिस्तान प्रशासित जम्मू कश्मीरमा ११ जनाको मृत्यु भएको छ । बाढीमा परेर अझै १३४ जना बेपत्ता रहेको बताइएको छ । त्यस्तै १५९ भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । अहिलेसम्म बाढीबाट प्रभावित ३५ सय भन्दा बढीको उद्धार गरिएको छ ।
भारी वर्षाका कारण शुक्रबार पाकिस्तानका विभिन्न जिल्लाहरूमा अचानक बाढी आएको थियो । विभिन्न नौ जिल्लाहरूमा लगभग २ हजार उद्धारकर्मीहरू उद्धारमा संलग्न रहेको र अझै पनि सबै ठाउमा उद्धार गर्न नसकेको बताइएको छ ।
भारी वर्षाका कारण धेरै क्षेत्रमा पहिरो गएको र धेरै सडकहरू बगाएका छन्, जसले गर्दा सहायता पुर्याउन समस्या भइरहेको खैबर पख्तुनख्वाको उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन् । सडक नहुदा विशेष गरी भारी मेसिनरी र एम्बुलेन्सहरू पुर्याउन कठिनाइ भएको उनले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
