काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वको लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल आधिारिक रुपमा घोषणा भएको छ । काठमाडौंमा आयोजित उम्मेद्वार परिचयात्मक कार्यक्रम तथा पत्रकार सम्मेलनमा आधिकारिक प्यानल घोषणा गरिएको हो ।

कार्यक्रममा आफ्नो नेतृत्वको प्यानल एनएमएको नेतृत्व गर्न आतुर र तत्पर रहेको अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङले बताएका छन् । ‘एनएमएमा गइसकेपछि कुनै पनि स्वार्थभन्दा माथी उठेर संस्थाको उद्धेश्य प्राप्तिका लागि काम गर्नुपर्दछ भन्ने कुराको मसंग मिहिन अध्ययन र अनुभव छ ।’, उहाँले भन्नुभयो, ‘तेत्तीस वर्षको पर्यटन क्षेत्रको अनुभव, यहि विषय पढेको, यहि विषय बढाउने र यहि विषयमा ६ वर्ष लामो अनुसन्धान गरी विद्यावारिधी गर्दै गर्दा म सक्षम भइन भनेर मेरो क्षमतामा प्रश्न गरिराख्ने हो भने तपाईहरुले नै भनिदिनुहोस कस्ता खालको उम्मेद्वार अध्यक्ष बन्ने होला ।’
उनले संस्थागत पारदर्शिता र प्रभावकारी सेवामा आफु कहिले नचुकेको स्मरण गराउँदै आफुप्रति ईङ्गित आलोचना र अनावश्यक प्रचारप्रसार नगरिदिन आग्रह गरे । एनएमएको २७ जनाको कार्यसमितिको नृतत्व गर्दै आफ्नो टिम अघि बढ्ने विश्वास व्यक्त गर्दै तीन वर्ष आफ्नो टिमलाई काम गर्ने अवसर प्रदान गर्न मतदातासंग आग्रह गरेका छन् ।
कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष टिकारामा गुरुङ, प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव बिमलकुमार नहर्की, सचिव ङिमा दिकी शेर्पा, कोषाध्यक्ष सुमी लामा रहेका छन् । सदस्यहरुमा दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, पुष्कर शाह, बलबहादुर सुयाल र हरिगोपाल प्रधान रहेका छन् । एनएमएको नयाँ नेतृत्वका लागि भदौ ७ गते निर्वाचनको मिति तय भएको छ ।
कार्यक्रममा कुलबहादुर गुरुङ समुहको नीति र प्रतिवद्धता प्रस्तुत गरिएको थियो । सुरक्षित आरोहण, स्वच्छ हिमाल, पारदर्शी नेतृत्व, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनका लागि अग्रणी भूमिका सुनिश्चित गर्ने कार्ययोजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । हेलि रेस्क्यू पारदर्शिता नियमन तथा दुरुपयोग नियन्त्रण गर्ने, सगरमाथा लगायत आठ हजार मिटरभन्दा माथीका हिमालका लागि आचार सहिंता लागु गर्ने, एनएमएमा तालिम एकेडेमी तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, सबै सेवामा डिजीटल प्रणाली लागु गर्दै ‘एकद्वार सेवा’ प्रणाली स्थापना गर्ने लगायत दुरदर्शी तथा प्रभावकारी योजना प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
नेपाल पर्वतारोहण संघको निर्वाचन विशेष
कुलबहादुर गुरुङको प्यानलबाट उम्मेदवार सुमी लामासँगको अन्तर्वार्ता https://www.youtube.com/watch?v=T4G_kiooMQk&t=36s&pp=ygUcaHR0cHM6Ly95b3V0dS5iZS9UNEdfa2lvb01Raw%3D%3D
कुलबहादुर गुरुङ समुहको नीति र प्रतिवद्धता

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-15
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
