एनएमए निर्वाचनका लागि कुल बहादुर गुरुङ नेतृत्वको समावेशी उम्मेदवार घोषणा

काठमाडौं । आसन्न भदौ ७ गते हुन गइरहेको नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन लागि अध्यक्ष पदका उम्मेदवार कुल बहादुर गुरुङ नेतृत्वको समावेशी उम्मेदवार घोषणा गरिएको छ । ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ नाराका साथ एनएमए २०२५ का लागि साभा उम्मेदवार गुरुङ नेतृत्वको समावेशी उम्मेदवार घोषणा गरिएको हो ।

कुल बहादुर गुरुङ नेतृत्वमा टिकाराम गुरुङ (वरिष्ठ उपाध्यक्ष), मिङमा म्याबु शेर्पा (प्रथम उपाध्यक्ष), धन बहादुर गुरुङ (द्वितीय उपाध्यक्ष), बिमल कुमार नहकी (महासचिव), डीमा डिकी शेर्पा (सचिव), सुमी लामा (कोषाध्यक्ष), पुष्कर शाह (सदस्य), बल बहादुर सुयाल (सदस्य), हरि गोपाल प्रधान (सदस्य), माधव प्रसाद पाण्डे (सदस्य), दिकी शेर्पा (सदस्य), सुदास लामा (सदस्य), लाल बहादुर जिरेल (सदस्य), नुर्बु छिरिङ शेर्पा लामा (सदस्य), पासाङ शेर्पा (सदस्य), गीता राई (सदस्य), अशोक तामाङ (सदस्य) को उम्मेदवार रहेको छ ।

संघको निर्वाचन यहि भदौ ७ गते (२३ अगस्ट २०२५) हुने तय भएको छ । उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै जाँदा, कुल बहादुर गुरुङको नेतृत्वको दाबीले व्यापक चासो र समर्थन बटुलेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-14