
काठमाडौं । बेलायतले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
भेटमा मिलरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धिमूलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्णसहयोग हुने बताए ।
लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पूरा गर्न उनले आग्रह गरे । बेलायतले नेपालको लगानी सम्मेलनलाई यसअघि नै समर्थन जनाइसकेको छ ।
जवाफमा मन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै कामका लागि तयार रहेको बताए । त्यसका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको उल्लेख गरे ।
निजी क्षेत्रको लगानी विस्तार र आर्थिक गतिविधि बढाउने तथा युवा लक्षित रोजगारीका कार्यक्रममा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार ०८:४६
कार र ट्रक एकआपसमा ठक्कर खाँदा पाँचजना घाइते

साविक विजेता ललितपुरको सुपर लिग २०२५ मा पहिलो जित

Govt, cooperative sector can boost national economy: Acting PM Singh

संसद्को हिउँदे अधिवेशनबाट नौ वटा विधेयक पारित

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आजदेखि फेरि काठमाडौंमा प्रदर्शन गर्दै शिक्षकहरु
