संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे ८ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्सको वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी आज बिहान साढे ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै विहान ११ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाको विषयमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-14