भैरहवा । रबि लामिछानेलाई कारागारमा राखिएको विषयमा समाचार बाहिर आएपछि मानवाधिकार आयोगको टिमले रुपन्देही कारागारको अनुगमन गरेको छ ।
मानवाधिकार आयोगकी आयुक्त लिली थापासहितको टोलीले सोमबार कारागारको अनुगमन गरेको हो ।
अनुगमनपछि आयुक्त थापाले लामिछाने बस्ने कोठाको झ्याल बन्द गरिएको पाइएको बताउदै कारागार प्रशासनले खोलिदिने बताएको उनले जानकारी दिएकी छन् ।
उनले भनिन्- ‘झ्याल समेत नभएको पाइएको छ । कारागारको प्रमुखले सुरक्षाको कारणले झ्याल बन्द गरिएको बताउनु भएको छ । तर अब उहाँले खोलिदिन्छु भन्नु भएको छ । अर्को अदालतले बन्दीको स्थानान्तरण गर्न दिएको आदेश पालना नगरिएको विषयमा आयोगले गम्भीर रुपमा छलफल गर्छ । स्रोत साधन कम भएको र २५० जनाको क्षमता भएकोमा ७०० जनालाई व्यवस्थापन गरेकोमा कारागार प्रशासनलाई धन्यवाद छ ।’
उनले न्युनतम मानव अधिकार समेत पुरा नभएको भन्ने कुरा बाहिर आएपछि आफुहरु अनुगमनको लागि आएको उनले बताएकी छन् । आयुक्त थापाले आफुहरुले कारागारमा मानव अधिकारको न्युनतम पालना समेत नरहेको विषयमा छलफल गर्ने बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-11
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
