
काठमडौं । राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । भोलि हुन लागेको चुनावमा नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि कांग्रेसमा राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भए पनि जित्न नसक्ने अवस्था भएपछि नयाँ उम्मेदवार खडा गरिएको हो । राष्ट्रिय सभा अध्यक्षको लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार ०८:३६
‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण

स्विट्जरल्यान्डमा हिमनदी फुट्दा ब्लाटन गाउँको ९० प्रतिशत भाग पुरियो

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति बजेट ?

उच्च अदालतले दियो अफताब आलमलाई सफाइ
