भक्तपुरमा भव्यताका साथ गाईजात्रा सम्पन्न

भक्तपुर । आठ रात, नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व भव्यताका साथ सम्पन्न भएको छ। आइतबार बिहान सबेरै सुरु भएको जात्रा रातिसम्म चलेको थियो। हजारौं मानिस जात्रा हेर्न पुगेका थिए ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक लगायत उपत्यका नजिकका ठाउँहरूबाट मानिस भक्तपुरको गाईजात्रा हेर्न आइपुगेका थिए। यसअघि शनिबार भक्तपुरको दरबार स्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लट्ठी जुधाएर खेलिने नाच) को प्रदर्शन भएसँगै जात्रा सुरु भएको थियो।

प्रत्येक वर्षझैं जात्रा व्यंग्यले भरिएको थियो। जात्रामा राजनीतिक व्यंग्यहरू सदाझैं यो वर्ष पनि विशेष देखिए। विशेष गरेर ठूला दलका शीर्ष नेताहरूप्रति ती व्यंग्य बढी केन्द्रित देखिए।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-11