काठमाडौं । सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२५’ को पहिलो अडिसन सम्पन्न भएको छ । विवाहित नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वास, प्रतिभा र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्ने दुर्लभ अवसर प्रदान गर्ने ‘मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२५’ को पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए ।
विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई गहिरो सम्मान व्यक्त गरेका थिए ।
कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०ः०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको आयोजकले जनाएको छ ।
जुरी सदस्यहरूः
निर्णय श्रेष्ठ (NSK)- चर्चित र्यापर
सुनीता दुलाल– चर्चित गायिका
अलिजा गौतम– निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री
हरि गोपाल प्रधान– वरिष्ठ पत्रकार
ग्येन्द्र लामा– कार्यकारी अध्यक्ष, मनास्लु वल्र्ड कलेज
विनोद कुँवर– पूर्व अध्यक्ष तथा HLC सदस्य, NRNA ICC
भेन्यु पार्टनरः मण्डला ब्याङ्क्वेट, तिनकुने
आयोजक टोलीः
दिल माया मगर– प्रमुख कार्यकारी,MKM फेसन हाउस
महेंद्र शाही– प्रबन्ध निर्देशक
सुस्मिता तिमल्सिना र अनिशा– संयोजक
मिडिया तथा प्राविधिक सहयोगीः
भिडियो/फोटोः डीजे स्कल– सरोज श्रेष्ठ तथा वम बहादुर पुन
भिडियो.फोटो पार्टनरः अकेन्द्र चालाउने र बिष्णु श्रेष्ठ
सहयोगी हातहरूः सिड वाग्ले, दिलीप मगर, अमित खनाल, करुणा भुजेल
टिभी पार्टनरः लाइफ ओके
मेकअप पार्टनरः श्रिष्टि शाही– सैनेश शाही
उक्त कार्यक्रमको संचालन महेन्द्र शाहिले गरेको थियो ।
तस्विरहरु:





रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-10
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
