काठमाडौं । कर्तव्य ज्यान मुद्दा तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१ पानी ट्याङ्की बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ घर भएका ३८ वर्षीय संदिप धामी भन्ने रूपलाल धामीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सुनसरीको २०७५ फागुन २८ गतेको फैसला उक्त मुद्दामा जन्मकैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी सुनसरी पठाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
