काठमाडौं । नेपाल महिला फुटबल टिमले फिफा वरीयता सुधार छलाङ मरेको छ । नेपाली महिला टिमले १३ स्थानको सुधार गर्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लिएर छलाङ मारेको हो ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले सर्वाजनिक गरेको वरीयतामा १३ स्थान सुधार गर्दै नेपाली महिला फुटबल टिमले हालसम्म फिफाको उत्कृष्ट वरीयतामा प्राप्त गरेको हो । यसअघि नेपाल ९९औं स्थानसम्म पुगेको थियो ।
गत महिना भएको एएफसी एसियन कप छनोटमा नेपालले गरेको प्रदर्शन पश्चात् नेपालको वरीयतामा सुधार आएको हो । नेपालले उज्वेकिस्तानसँग ३(३ को बराबरीसहित पेनाल्टी सुटआउटमा पराजित भएको थियो । नेपालसँगै दक्षिण एसियाको बंगलादेशले २४ स्थान सुधार गर्दै १०४औं स्थानमा उक्लिएको छ ।
त्यसैगरी भारतले ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ । त्यस्तै फिफा वरीयतामा स्पेन महिला फुटबल टिम शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिका दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै महिला युरो कप जितेको इङल्याण्डले एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
