
काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान हुने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्मार्ट कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए । यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको उनको भनाइ छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ’ उनले भने ।
यातायात व्यवस्था कार्यालय, विभागमा ग्राहकले झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्नेगरी सुधारका लागि पहल गरिरहेको मन्त्री ज्वालाले बताए । ‘सार्वजनिक यातायात भनेको जनताका यातायात हुन् । आम जनताले उपभोग गर्ने सवारी साधनहरु सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारीले ड्रेल लगाउने, परिचय पत्र लगाउने विषयलाई हामीले अभियानको रुपमा अघि बढाएका छाैं’ उनले भने ।
सवारी चालक र सहचालकमा अनुशासन हुनुपर्ने मन्त्री ज्वालाले बताए । ‘यात्रुमैत्री व्यवहार, बोली हुनुपर्छ । चालक, सहचालकहरुको बोलीका कारण पनि कति साथीहरुले नराम्रो झमेला व्यहोर्नुभएको छ । यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्छ ।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:०४
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
