काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान हुने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्मार्ट कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए । यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको उनको भनाइ छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कुरामा पनि रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ’ उनले भने ।
यातायात व्यवस्था कार्यालय, विभागमा ग्राहकले झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्नेगरी सुधारका लागि पहल गरिरहेको मन्त्री ज्वालाले बताए । ‘सार्वजनिक यातायात भनेको जनताका यातायात हुन् । आम जनताले उपभोग गर्ने सवारी साधनहरु सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारीले ड्रेल लगाउने, परिचय पत्र लगाउने विषयलाई हामीले अभियानको रुपमा अघि बढाएका छाैं’ उनले भने ।
सवारी चालक र सहचालकमा अनुशासन हुनुपर्ने मन्त्री ज्वालाले बताए । ‘यात्रुमैत्री व्यवहार, बोली हुनुपर्छ । चालक, सहचालकहरुको बोलीका कारण पनि कति साथीहरुले नराम्रो झमेला व्यहोर्नुभएको छ । यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
