काठमाडौँ । भारतीय युट्युबर एल्विश यादवविरुद्धको मुद्दाको कारबाहीमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
एल्विशले भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन् ।
मुद्दा अनुसार, यादव रेभ पार्टीहरू आयोजना गर्ने काममा संलग्न रहेको र ति पार्टीहरुमा विदेशीहरूलाई सर्पको विष र अन्य लागूपदार्थहरू प्रदान गरेको आरोप छ ।
न्यायाधीशहरू एमएम सुन्दरेश र जयमाल्या बागचीको इजलासले इलाहाबाद उच्च अदालतको आदेशविरुद्ध सूचना जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एल्विश यादवको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुक्ता गुप्ताले यसैबीच अन्तरिम रोक लगाउन माग गरेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-06
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
