काठमाडौँ । भारत र इङल्याण्डबीचको पाँचौं टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिन बर्षाले प्रभावित हुदा खेल पाँचौ दिनमा पुगेको छ ।
अब यस टेस्टमा इङल्यान्ड जितबाट ३५ रन टाढा छ भने भारत जितबाट ४ विकेट टाढा रहेको छ । ३७४ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ ।
इङल्याण्डका लागि ह्यारी ब्रुकले १११ रन र जो रुटले १०५ रन बनाएर जित नजिक पुगेपनि भारतले खेलमा कम ब्याक गर्दै दुवैलाई आउट गरेको थियो । भारतका लागि प्रसिद्ध कृष्णले ३, मोहमद सिराजले २ तथा आकास दीपले एक विकेट लिएका थिए ।
यस अघि यस टेस्टमा भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले २४७ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएको थियो ।
यस सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-04
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
