काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह(अध्यक्षता र अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै, प्रधानमन्त्रीले सम्मेलनको क्रममा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू र संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अन्य उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गर्ने तालिका रहेको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-04
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
