हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री लामाले राजीनामा दिनु अघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ । लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो ।
अर्कोतर्फ संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँसँग पराजित भएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिने आवश्यक नभएको जिकिर गर्दै आएका थिए । उनले गठबन्धन सरकारको मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै राजीनामा नदिने अडान लिएका थिए ।
अब लामाले राजीनामा दिएपछि बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
