काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताएका छन् ।
आइतबार पेरिसडाँडामा सम्पन्न दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा कायरतापूर्वक हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित सभामा बोल्दै प्रचण्डले आफुहरु अहिले नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेको बताएका हुन् ।
प्रचण्डले अहिले पार्टीलाई विभाजित गर्ने षड्यन्त्र र लगानी गरिरहेको बताउदै सबै माओवादी धाराहरुलाई एकात गरेर त्यस्लाई चिर्नुपर्ने बताएका छन् । अहिले माओवादी धारलाई एक हुन नदिन ब्याटल जारी रहेको भन्दै यो कसले जित्छ भन्ने अहिले भन्न नसकिने बताए ।
प्रचण्डले आफुहरुले अहिले क्रान्तिकारी र बामपन्थीहरुलाई एक गरेर प्रतिक्रियावादीहरुसँग लड्न बल गरिरहेको बताए । उनले एक पटक फेरी क्रान्ति गरेर प्रतिक्रियावादीहरुलाई परास्त गर्न आफु लागिरहेको समेत बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
