काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को शुक्रबारदेखि सुरू भएको स्थायी कमिटीको आज पनि बस्दै छ । बैठक आज ११ बजेदेखि शुरु हुदैछ ।
शनिबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्य, ५ जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए ।
शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए । बैठकमा प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट पुन: सुरु गर्ने प्रस्ताव गरेका थिए ।
बैठकमा प्रचण्डले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीबारे जानकारी गराएको पोखरेलले बताए । साथै प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठक दशैं र तिहारको बीचमा बस्ने प्रस्ताव समेत गरेका छन् ।
बैठकमा प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक मञ्चमा पार्टी नेतृत्वको विरुद्ध बोलेको भन्दै सचेत गराएका थिए । पार्टीमा अन्तरसंघर्ष बढिरहेकै बेला बैठकमा प्रचण्डले आफ्नो विचार आन्तरिक बैठकमा राखेर समाधान गर्नुपर्ने भन्दै सचेत गराएका थिए ।
प्रचण्डले बैठकमा भनेका थिए- ‘जनार्दनजीले बाहिर बोल्नु राम्रो हुँदैन, पार्टीको विधि र पद्धतिभित्र रहनुपर्छ । पार्टीभित्र नेतृत्वको विरोध गर्न पाइन्छ । महाधिवेशन गरौं, केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राखौं । अन्य कमरेडले पनि आफ्नो कुरा पार्टीभित्रै राखौं ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
