काठमाडौँ । इङल्याण्डले जारी पाँचौं टेस्टमा भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याउने क्रममा एक विकेट गुमाएको छ ।
तेस्रो दिनको खेल सकिदा इङल्याण्डले एक विकेट गुमाएर ५० रन बनाएको हो । अब इङल्याण्डलाई जितका लागि थप ३२४ रन आवश्यक छ भने भारतलाई जितका लागि ८ विकेट आवश्यक रहेको छ । यस खेलमा इङल्याण्डक क्रिस वोक्स खेल्न नसक्ने भएकाले भारतले कुल ९ विकेट लिए मात्र खेल जित्ने छ ।
इङल्याण्डका ज्याक क्रवली १४ रन बनाएर आउट भए भने बेन डकेट ३४ रन बनाएर खेलिरहेका छन् । भारतका लागि एक विकेट मोहमद सिराजले लिएका छन् ।
यस अघि भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको थियो । भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन सुन्दरले ५३-५३ रन र ध्रुव जुरेलले ३४ रन बनाएका थिए । त्यस्तै इङल्याण्डका बलर जोश टंगले ५ विकेट लिए भने गस अटकिन्सनले ३ र जामी ओभरटनले २ विकेट लिए ।
यस अघि भारतले पहिलो इनिंगमा २२४ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा २४७ रन बनाएको थियो ।
५ खेलको सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
