‘म्याट्रिक्स फाइट नाइट’मा रवीन्द्र ढाँट च्याम्पियन

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका छन् । यो ऐतिहासिक जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित डिफेन्डिङ च्याम्पियन समेत रहेका चुनरेङ कोरेनलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-03