
धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको हो ।
ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । यस्तै ३५ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ ।
कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार ०८:२७
अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा

विशेष अदालतद्वारा पूर्वसचिवसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अब युएई जाने नेपाली श्रमिकको तलब न्यूनतम एक हजार दिराम निर्धारण

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दुई अभियोगमा भ्रष्टाचार मुद्दा

Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta
