एजेन्सी । चीनले जन्मदरलाई सुधार गर्न अनुदानको घोषणा गरेको छ । चीनले अब तीन वर्ष मुनिका बच्चाहरूको लागि अभिभावकलाई प्रति वर्ष प्रति बच्चा ५०० डलर अनुदान दिनेछ । यो अनुदान तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने बताएको छ ।
चीनमा जन्मदर बढाउन यो नीति घोषणा गरिएको हो । चीनका सरकारी मिडियाका अनुसार, चीनको यो नीतिले लगभग २० लाख परिवारहरूलाई आफ्ना बच्चाहरू हुर्काउन मद्दत गर्ने बताइएको छ ।
जन्मदर बढाउनको लागि, लगभग एक दशक अघि, चीनले बच्चा जन्माउने नीति समाप्त गरेको थियो । त्यसपछि, चीनमा लगातार जन्मदर घट्दै गइरहेको छ । चीनमा गत बर्ष ९।५४ बच्चा जन्मिएका थिए । यो आँकडा २०१६ को भन्दा आधा हो भने अघिल्लो बर्षको भन्दा यो १.३९ मिलियन कमि हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-30
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
