रसुवा । भोटेकोशी नदीमा फेरी बाढी आएको छ । भोटेकोशीमा बाढी आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार विहान २ बजेबाट नै सूचना दिएर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रसुवा जिल्ला भई बहने भोटेकोशी नदी, त्रिशुली नदी, लाङटाङ खोला, चिलिमे खोला र यस जिल्लामा अवस्थित अन्य नदी खोला आसपासका क्षेत्रमा जोखिम बढेको छ । यस अघि असर २४ गते आएको बाढीले मितेरी पुल बगाएको थियो भने ठुलो मानवीय भौतिक क्षति भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
