
एजेन्सी । थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत भएका छन् । मलेसियामा भएको वार्तामा स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने गरि युद्धविराम गर्न सहमत भएका हुन् ।
मलेसियाको मध्यस्थतामा भएको वार्तामा कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईबीच वार्ता भएको थियो ।
युद्धविराम बारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यो तनाव कम गर्ने र शान्ति र सुरक्षा पुनर्स्थापनाको लागि एक महत्त्वपूर्ण पहिलो कदम भएको बताएका छन् ।
चार दिनदेखि जारी द्वन्द्वमा दुवै देशमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
Sudina Shrestha
प्रकाशित: १४ श्रावण २०८२, मंगलवार ०८:५६
जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन
