एजेन्सी । थाइल्याण्ड र कम्बोडिया तत्काल र बिना शर्त युद्धविराम गर्न सहमत भएका छन् । मलेसियामा भएको वार्तामा स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने गरि युद्धविराम गर्न सहमत भएका हुन् ।
मलेसियाको मध्यस्थतामा भएको वार्तामा कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईबीच वार्ता भएको थियो ।
युद्धविराम बारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यो तनाव कम गर्ने र शान्ति र सुरक्षा पुनर्स्थापनाको लागि एक महत्त्वपूर्ण पहिलो कदम भएको बताएका छन् ।
चार दिनदेखि जारी द्वन्द्वमा दुवै देशमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-29
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
