विराटनगर । पाँचथरको हेवाखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ । मेची राजमार्ग फिदिम ताप्लेजुङ अन्तरगत पाँचथरको हेवाखोलामा रहेको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको छ ।
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकालाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा पहिलोपटक २०८० असार २ गते आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि जडान गरिएको बेलिब्रिज २०८१ असोज १२ को बाढीले बगाएपछि तेस्रोपटक जडान गरिएको मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएपछि डाईभर्सन बनाएर सडक संचालन गरिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-28
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
