
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ ।
मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो ।
मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुचनामा भनेको छ- मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले आज मिति: २०८२ साउन ९ गते देखि साउन २५ गते सम्म (जम्मा १६ दिन) सवै खालको सवारी साधन आवत जावत बन्द गरीएको जानकारी गराउदछौं । सम्पुर्णमा माथि उल्लेखित समयावधि भर बैकल्पिक बाटोको रुपमा थुकिमाको मुदुम्सको मुख्य सडक खण्ड – माश्रेङ स्वास्थ्य चौकी हुदैँ मुङ्वाखोला लिङ्तेप – कान्छी बजारको बाटो प्रयोग गरिदिनहुन समेत अनुरोध गर्दछौं ।
pratikshya
प्रकाशित: १२ श्रावण २०८२, आईतवार १२:५८
सेखर वाग्ले राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश अध्यक्ष नियुक्त

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै चिनियाँ कम्पनि

आज विश्व बाघ दिवस

संघीय संसदका पाँच समितिको बैठक बस्दै
