ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ ।
मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो ।
मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सुचनामा भनेको छ- मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले आज मिति: २०८२ साउन ९ गते देखि साउन २५ गते सम्म (जम्मा १६ दिन) सवै खालको सवारी साधन आवत जावत बन्द गरीएको जानकारी गराउदछौं । सम्पुर्णमा माथि उल्लेखित समयावधि भर बैकल्पिक बाटोको रुपमा थुकिमाको मुदुम्सको मुख्य सडक खण्ड – माश्रेङ स्वास्थ्य चौकी हुदैँ मुङ्वाखोला लिङ्तेप – कान्छी बजारको बाटो प्रयोग गरिदिनहुन समेत अनुरोध गर्दछौं ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-27
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
