मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

pratikshya

प्रकाशित: १२ श्रावण २०८२, आईतवार १२:५४