
काठमाडौँ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्- ‘हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र राहत र उद्धार कार्यमा संलग्न छन् । म यस सम्बन्धमा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर निगरानी भइरहेको छ। म सबै भक्तजनहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु ।’
pratikshya
प्रकाशित: १२ श्रावण २०८२, आईतवार ११:५६
सेखर वाग्ले राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश अध्यक्ष नियुक्त

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै चिनियाँ कम्पनि

आज विश्व बाघ दिवस

संघीय संसदका पाँच समितिको बैठक बस्दै
