काठमाडौं । आसन्न नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन (भदौ ७ गते) लक्षित गर्दै नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघद्वारा कुल बहादुर गुरुङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदका उम्मेदवारको रूपमा घोषणा गरेको छ ।
राजधानीको ठमेलस्थित यात्री सुइट्स होटलमा विशेष छलफल कार्यक्रममा साझा दृष्टिकोण निर्माण, लोकतान्त्रिक मूल्य र सहभागिताको सुनिश्चितताको विषयमा बहस गरिँदै गुरुङलाई सो घोषणा गरिएको हो ।
पूर्व महासचिव रहिसकेका कुल बहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिंदै आफ्नो नेतृत्व दिगो, पारदर्शी र समावेशी हुने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपालको पर्वतीय पर्यटनको दीगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो । म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत ल्ःब् लाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु ।’
गुरुङ तीन दशकभन्दा बढी समयदेखि पर्वतीय पर्यटन क्षेत्रको प्रवर्द्धनमा क्रियाशील छन् । नेपाल पर्वतारोहण संघका महासचिव, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका उपाध्यक्ष, तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघका व्यवस्थापन समिति सदस्यको रूपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
त्यस्तै, गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल तथा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष, हिमालयन समुदायहरूको जलवायुका सचिव, किवानिस नेपाल जिल्लाका मास्टर ट्रेनर, र एलाइन्स ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा.लि. का प्रबन्ध निर्देशक समेत रहेका छन् ।

उनले नेपालका हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन, पर्वतारोहण व्यवस्थापनको सुधार, श्रमिक र समुदाय सशक्तिकरण तथा संस्थागत उत्तरदायित्व अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका छन् । उनको उम्मेदवारी पर्यटन व्यवसायी, गाइड, आरोहण सहयोगी (शेर्पा), तथा सरोकारवाला पक्षबाट सकारात्मक रूपमा स्वागत गरिएको छ ।
संघको निर्वाचन यहि भदौ ७ गते ९२३ अगस्ट २०२५० हुने तय भएको छ । उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किंदै जाँदा, कुल बहादुर गुरुङको नेतृत्वको दाबीले व्यापक चासो र समर्थन बटुलेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
