ललितपुर, पुलचोकस्थित ‘द प्लाजा’ मा “द हिडन ट्रेजर्स मिस नेपाल २०२५” को स्यास समारोह भव्य र आकर्षक ढंगले सम्पन्न भएको छ। देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्दै आएका २६ जना सुन्दरी प्रतियोगीहरूले कार्यक्रममा आधिकारिक रूपमा आफ्नो स्यास ग्रहण गरेका छन्। दि हिडन ट्रेजर्स अध्यक्ष अजय रत्न स्थापित, पुर्व अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशक सुरेश बहादुर मल्ल र मिस अर्थ २०२३ का डा.सरिशा श्रेष्ठले प्रतियोगिहरुलाई स्लास लगाईदिनु भएको थियो । सो कार्यक्रममा पूर्व अध्यक्ष सूवर्ण क्षेत्री, निर्देशक कान्तिमान सिंह, सरद कुमार श्रेष्ठ र प्रमोद रत्न कंसाकार, कोरियाृग्राफर रचना गुरुङ् शर्माको उपस्थीत रहेको थियो । साथै कार्यक्रम संचालिका इरिना श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको आयोजना अत्यन्तै सफल र सुसंगठित रूपमा सम्पन्न भयो, जहाँ उपस्थित पाहुनाहरू, सञ्चारकर्मीहरू र सौन्दर्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

स्यास समारोहमार्फत प्रतियोगीहरूलाई आधिकारिक रूपमा मिस नेपाल २०२५ को प्रतिस्पर्धाका लागि प्रस्तुत गरिएको हो। यस वर्षको प्रतियोगिता विविध क्षेत्र, संस्कृति र पृष्ठभूमिबाट आएका प्रतिभाशाली युवतीहरूको सहभागिताले विशेष बनेको छ।

कार्यक्रममा आयोजक संस्था द हिडन ट्रेजर्सका पदाधिकारीहरूले मिस नेपालको मूल्य र उद्देश्यबारे जानकारी गराउँदै सहभागीहरूलाई शुभकामना दिएका थिए।

अब प्रतियोगीहरूले प्रशिक्षण, सामाजिक परियोजना, आत्मविश्वास विकास तथा विभिन्न चुनौतीहरूको माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।
यस वर्षको ग्राण्ड फिनाले आगामी भदौ १४ गते (August 30, 2025) गोडावरीस्थित सनराइज कन्वेन्सन सेन्टरमा आयोजना हुने छ।

यहाँ प्रस्तुत छन् मिस नेपाल २०२५ का २६ प्रतियोगीहरू, १, सान्भी मण्डल,२, संस्कृति भट्टराई,३, सुदिना हुमागाईं,४, श्रुती महर्जन,५, अनुराधा शर्मा ढकाल,६, अनुप्रिया ठाकुर,७, दीपशिखा नेपाल,८, जगदिश्वरी शाह,९, लुना लुइँटेल,१०, जशोदा कार्की,११, आश्रीया थापा,१२, उरुषा भण्डारी,१३, अञ्जिला रजक,१४, सृष्टिकुमारी तामाङ,१५, क्रिस्टिना बस्नेत,१६, आरती थापा,१७, समृद्धि केसी,१८, सइच्छा थापा,१९, स्वाती पञ्जियार,२०, सोनी घले,२१, श्रीयानी श्रेष्ठ,२२, स्मृति श्रेष्ठ,२३, ओजल रायमाझी,२४, निलिमा पाण्डे,२५, प्रियंका थापा,२६, प्रज्ञिका क्षेत्री , जसले यो वर्षको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् – फोटो फिचरसहित ।




























रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
