काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेशमा लगाइएको प्रतिबन्ध मौलिक हक विपरित भएकोले प्रथम दृष्टिमै बदर योग्य भएको टिप्पणी गरेका छन् ।
गुरुङले एमालेको निर्णय संबिधानको धारा १७ विपरित भएको भन्दै पुर्वराष्ट्रपतिलाई पनि नेपालको सँबिधानले नागरिकको रुपमा चिन्ने बताएका छन् ।
उनले भनेका छन्- पुर्वराष्ट्रपति माथि एमाले प्रवेशमा गरिएको प्रतिबन्ध नेपालको संबिधानको मौलिक हकको धारा १७ विपरित रहेको देखिन्छ । किनभने नेपालको संबिधानले पुर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन । नेपाली नागरिकहरुको हकमा मौलिक हक सम्बन्धि धारा १७ ले दलिय स्वतन्त्रता प्रदान गरेको छ । कुनै पनि नेपाली नागरिक लाई दल खोल्ने वा कुनै दलमा प्रवेस गर्ने र दलिय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ । गैरनागरिक भएमा वा राष्ट्रिय स्वाधिनता विपरित कार्य गरेमा मात्र उक्त स्वन्त्रतामा वन्देज लाग्न सक्छ ।’
महासचिव गुरुङले एमालेले गरेको निर्णयमा केवल पुर्वराष्ट्रपति भैसकेको भन्ने मात्र देखिएको उल्लेख गर्दै संबैधानिक पदबाट हटे पछि स्वत: नेपाली नागरिक सरह हुनेमा विमति हुने ठाँउ नदेखिने बताएका छन् । उनले नेपाली नागरिकको मौलिक हकको स्वतन्त्रता नेपाली नागरिक रहेको पुर्वराष्ट्रपतिले उपभोग गर्न नमिल्ने आधार पुष्टि नहुने उनको तर्क छ ।
उनले बिना आधार वन्देज लगाउनु भनेको संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भिर उलंघन हुन जाने बताउदै निर्वाचन आयोगमा संबिधान अनुसार दर्ता भएका दलहरुले संबिधानको मौलिक हक विपरित कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न नमिल्ने जिकिर गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
