काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न जारी सिरिजको दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ८ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै १२५ रन मात्र बनाएको हो । पाकिस्तानका लागि फहीम अशरफले सर्बाधिक ५१ रन बनाए भने पाकिस्तानका शुरुका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
यस अघि बंगलादेशले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा १३३ रन बनाएको थियो । बंगलादेशका लागि जाकर अलीले सर्बाधिक ५५ र माहेदी हसनले ३३ रन बनाएका थिए । यो जितपछि बंगलादेशले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल विहिबार हुने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
