उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । प्रहरीले उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ गरेको छ । 

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यसैगरी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको बिहादी गाउँपालिका-६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

pratikshya

प्रकाशित: ७ श्रावण २०८२, मंगलवार १३:०२