भक्तपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ ।
श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरतास्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ ।
मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् ।
तटबन्ध लगाउने काममा माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि सहभागी भएका थिए । नेता बस्नेतले पार्टीको जनतासँग जोडिने अभियान अन्तर्गत नै वाईसीएल नेपालले आज तटबन्ध गर्न लागेको बताएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
