
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् ।
बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा काठमाडौँको बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार- बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
देउवाले बीपीको सिद्धान्त र मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको बताउदै भने- ‘राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’
सभापति देउवाले बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रिएको उल्लेख गर्दै बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको बताएका थिए ।
सो कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाश शरण महतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
Sudina Shrestha
प्रकाशित: ७ श्रावण २०८२, मंगलवार १०:३६
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
