साफ यू–२० महिला फुटबलको उपाधि बंगलादेशलाई, नेपाल ४–० ले पराजित

काठमाडौँ । नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४–० गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा तीन गोल गरेकी थिइन् ।

यो जितसँगै बंगालदेशले साफ यू–२० महिला फुटबल च्याम्पियनसिप जितेको छ । नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ । नेपाल यस प्रतियोगितामा दुवै पटक बंगलादेशसँग पराजित भएको थियो ।

Sudina Shrestha

प्रकाशित: ७ श्रावण २०८२, मंगलवार ०८:३८