
काठमाण्डौ । नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्ने भएको छ । गृहमन्त्री रमेश लेखकले दुई देशको गृह सचिवस्तरीय बैठक यसै हप्ता बस्न लागेको जानकारी दिएका हुन् ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारी र भारतीय पक्षका पनि निकायका प्रतिनिधिको उपस्थितिमा बैठक हुन लागेको हो ।
बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमास्तम्भको मर्मतसम्भारलगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिएको छ । यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्त्व रहेको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सीमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भए पनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने उनले बताएका छन् ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार ०८:४५
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
