
काठमाण्डौ । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ । आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ ।
Sudina Shrestha
प्रकाशित: ६ श्रावण २०८२, सोमबार ०८:२७
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
