
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पोलिटब्युरो बैठकले पार्टी बारे विगतका भ्रम, अफवाह र अराजकताका कथा रोकेको दाबि गरेका छन् ।
बस्नेतले सामाजिक सञ्जालमा लेख्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनलाई गम्भीर विषय मानेर गहिरो छलफल गरेको उल्लेख गर्दै उनको सदस्यता नवीकरण विधानको धारा ८ र ९ को कानुनी र आधर समेत छलफल गरेर आगामी केन्द्रीय कमिटीको बैठकमा निर्णय गराउन खुलेर कुरा राखिएको बताएका छन् ।
नेता बस्नेतले अबको यात्राको एकमात्र लक्ष्य सिङ्गो पार्टीलाई भावनात्मक एकतामा बाँधेर निर्णायक राष्ट्रिय शक्ति बनाउनु रहेको बताएका छन् ।
उनले भनेका छन्-
नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक नयाँ यात्राको संकल्प सहित सफलतापूर्वक सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको यो ऐतिहासिक बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनलाई गम्भीर विषय मानेर गहिरो छलफल गर्यो। उहाँको सदस्यता नवीकरण विधानको धारा ८ र ९ को कानुनी र आधर समेत छलफल गरेर आगामी केन्द्रीय कमिटीको बैठकमा निर्णय गराउन कमरेडहरूले खुलेर आफ्ना कुरा राखे।
६६ जना कमरेडहरूले सचिवालयबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै बहस, सुझाव र बहुमूल्य धारणा पेस गर्नुभयो। अन्ततः बैठकले यो संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गर्दै साउन ५ गते केन्द्रीय कमिटी बैठकमा छलफलका लागि अगाडि बढाउने ऐतिहासिक निर्णय गर्यो।
अध्यक्ष कमरेडको भनाइ यस बैठकलाई ‘कट अफ बैठक’ को रूपमा लिँदै हामीले विगतका भ्रम, अफवाह र अराजकताका कथा यहीँ रोकेका छौँ। अब हाम्रो यात्राको एकमात्र लक्ष्य छ । सिङ्गो पार्टीलाई भावनात्मक एकतामा बाँधेर निर्णायक राष्ट्रिय शक्ति बनाउनु, र समृद्ध नेपाल, सुखी नेपालीको साझा सपना पूरा गर्नु।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार १३:१८
बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

पोलिटब्युरो बैठकले भ्रम, अफवाह र अराजकताका कथा रोकेको महेश बस्नेतको दाबि

मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

विद्या भण्डारी च्यासल जादै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

मप्रति अध्यक्ष लिङदेनले अन्याय गरेकाले आयोगमा आए- मुकुन्दश्याम गिरी
